सर्वप्रथम १९०२ मा विल्लिस एच क्यारियरले एयर कण्डिसनरको सफल प्रयोग गर्नु भएको थियो। यसैकार उहाँलाई एयर कण्डिसनरको पिता पनि भनिन्छ।
त्यस अघि नै रेफ्रिजेरेसन शब्दको प्रचलन रोम, इजिप्ट तथा ग्रिकका मानिसहरुले गरेका थिए। उनिहरु रक्सि तथा पानीलाई माटोको भाँडोमा राख्ने गर्दथे र यसमा भएको तापको मात्रा तथा आर्द्रताको सन्तुलन गरिराख्ने क्षमताको कारण खानेकुराहरु समेत केहि लामो समयसम्म सुरक्षित राख्न सकिन्थ्यो। पछि केहि ठुला भाँडा तथा डब्बाहरुमा बरफ राखेर भण्डारण गर्न थालियो, जसमा बरफ विस्तारै पग्लिन्थ्यो तथा केहि बढी समयसम्म खाद्य पदार्थको भण्डारण गर्न सकिन्थो। तथापि यस्तो प्रविधिमा समेत खानेकुराहरु धेरै लामो समय सम्म सुरक्षित राख्न सकिँदैनथ्यो। यस पश्चात घरेलु रेफ्रिजेरेसनहरु तयार गर्न थालियो तथा बरफ बनाउन थालियो। विस्तारै विस्तारै यिने मेसिनहरुको सुधार गर्दै गएर आधुनिक रेफ्रिजेरेसनको रुपमा तयार गर्न थालियो। यसमा मुख्य रुपमा पाईप लाईनिङ्ग, बनौट, तथा राम्रो इन्सुलेशन मा जोड दिँदै जाने तथा कोठाको भन्दा धेरै नै कम तापक्रममा रेफ्रिजेरेशन को तापक्रमलाई पुर्याउन सक्ने प्रविधिहरु विकसित हुँदै जाँदा खाद्य पदार्थहरुलाई लामो समयसम्म सुरक्षित राख्न सकियो। रेफ्रिजेरेशन सबैभन्दा पहिला १९२३ मा बन्न थालेको हो र आज यहि प्रविधिको विभिन्न विकसित रुपहरु धेरै अगाडि बढिसकेका छन्। यिनै विभिन्न विकसित रुपहरु मध्ये मानिसलाई आरामदायी वातावरणमा रहन एयर कण्डिशनर तथा खाद्य पदार्थ साथै तापमान अनुकुल राखिनुपर्ने विभिन्न पदार्थको सुरक्षित भण्डारणको लागि रेफ्रिजेरेशनको प्रयोग व्यापक बन्दै गएको हो।